शनिबार अहिलेसम्मकै सर्वाधिक संक्रमण पुष्टि, १९ जनाको मृत्यु – Nepal Press

शनिबार अहिलेसम्मकै सर्वाधिक संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं । शनिबार नेपालमा कोरोनाभाइरसका ५,७६३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ती संक्रमित भेटिएका हुन् ।

थप १९ जनाको मृत्यु भएको छ । १२८७ जना निको भएका छन् । ४३ हजार २१३ सक्रिय संक्रमित संख्या पुगेको छ ।

यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

कूल संक्रमित संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । कूल मृतक संख्या ३ हजार २९८ पुगेको छ । संक्रमण दर १३.२ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर