प्रभावकारी बन्दै मुख्यमन्त्री रोजगार कार्यक्रम, स्वरोजगार बन्दै युवा – Nepal Press

प्रभावकारी बन्दै मुख्यमन्त्री रोजगार कार्यक्रम, स्वरोजगार बन्दै युवा

दाङ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत तुलसीपुर मेट्रो कलेजले कपाल काट्ने तालिम दिएपछि स्थानीय युवा खुसी भएका छन् । तालिम लिएका युवाले व्यवसायसमेत सुरु गरेका छन् ।

तालिम लिएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का माधव विक भन्छन्, ‘काम नभएर निराश थिएँ, तालिमपछि सैलुन खोल्ने आँट आयो । धेरै खुसी लागेको छ ।’ कार्यक्रमले तालिमपछि व्यवसाय सञ्चालन गर्न सामग्रीहरु पनि सहयोग गरेको थियो । उनले कार्यक्रमअन्तर्गत तीन महिना तालिम लिएका थिए ।

माधवसँगै तालिम लिएकी रझेनाकी सुशिला खड्काले पनि व्यवसाय सुरु गरेकी छन् । ‘पुरुषले मात्रै कपाल काट्नुपर्दछ भन्ने के छ र ? जानेको काम जसले गर्दा पनि हुन्छ’ उनले भनिन् । गाउँमै पसल सञ्चालनका लागि उनले व्यवसाय दर्ता समेत गरिसकेकी छिन् । ‘जानेको सीप काम लाग्ने भयो निकै खुसी लागेको छ’ उनले भनिन् ।

युवाहरुलाई स्वरोजगार वनाउनका लागि कलेजले विभिन्न खालका छोटो अवधिका तालिम दिने गरेको कलेजका प्रमुख वसन्त आचार्यले वताए । उनले कलेजले दुई दर्जन बढी तालिम सञ्चालन गरेको समेत वताए ।

कार्यक्रममा सामग्री हस्तान्तरण गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले स्थानीय सरकारले सीप प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा समेत सहयोग गरिरहेको वताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर