कुशलको विश्वकीर्तिमानः करिअरकाे पहिलो तीन खेलमा लगातार अर्धशतक – Nepal Press

कुशलको विश्वकीर्तिमानः करिअरकाे पहिलो तीन खेलमा लगातार अर्धशतक

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत अहिले जारी रहेको नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेपालका ओपनर कुशल भुर्तेल फेरि एकपटक चम्केका छन् । उनले लगातार तेस्रो म्याचमा अर्धसतक पूरा गरे ।

करिअरको पहिलो तीन टी-२० म्याचमा लगातार अर्धशतक प्रहार गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।

कुशलले ४१ बलमा आफ्नो अर्धसतक पूरा गरेका हुन् । उनले १ छक्का र ६ चौका प्रहार गरेका छन् । यसअघि उनले आफ्नो डेब्यू खेलमा नेदरल्यान्ड्सविरुद्ध र दोस्रो खेलमा मलेसियाविरुद्ध अर्धशतकीय पारी खेलेका थिए ।

आज टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय लिएका थियो । ओपनर आसिफ खान आज शून्यमै आउट भए । त्यसपछि कुशलले कप्तान ज्ञानेन्द्र मल्लसित मिलेर नेपाललको स्कोरबोर्ड उकासेका थिए ।

ज्ञानेन्द्र मल्ल १४ बलमा २० रन बनाएर आउट भए । अहिले कुशल र दिपेन्द्र क्रिजमा छन् । यो समाचार लेख्दासम्म नेपालले १३ दशमलब २ ओभरमा २ विकेट गुमाएर ११७. रन बनाएको छ ।

अन्तर्राष्ट्रिय टी-२० मा लगातार अर्धशतकको रेकर्ड न्यूजिल्याण्डका ब्रान्डन म्याकुलम र वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ । उनीहरुले लगातार ४ अर्धसतक हानेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर