नेदरल्यान्ड्सविरुद्ध ‘डेब्यू व्वाइ’ कुशलको विष्फोटक अर्धसतक – Nepal Press

नेदरल्यान्ड्सविरुद्ध ‘डेब्यू व्वाइ’ कुशलको विष्फोटक अर्धसतक

काठमाडौं । ट्राइ नेसन्स सिरिज अन्तरगत आज जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले विष्फोटक अर्धसतक बनाएका छन् । राष्ट्रिय टिमबाट डेब्यू गर्दै कुशलले अर्धसतक बनाएपछि नेपालले बलियो सुरुवात पाएको छ ।

आसिफ सेखसँग ओपनिङ गर्न आएका कुशलले ३१ बलमा ४ छक्का र ५ चौकाको सहयोगले अर्धसतक पुरा गरेका हुन् । नेपालले अहिले बिना विकेट क्षति ८२ रन बटुलेको छ । नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको थियो । अर्का ओपनर आसिफ सेखले पनि आक्रामक ब्याटिङ गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर