कहिले बनिसक्छ स्मार्ट सिटी ? – Nepal Press

कहिले बनिसक्छ स्मार्ट सिटी ?

बजेट अभावले स्मार्टसिटी निर्माण सुस्त गतिमा

काठमाडौं । १० वर्षअघिदेखि देशका विभिन्न ठाउँमा १३ वटा स्मार्ट सिटी बनाउने गरी काम भइरहेको छ । तर बजेट अभावका कारण स्मार्ट सिटी बनाउने काम अपेक्षाकृत गतिमा अघि बढ्न सकेको छैन ।

मध्यपहाडी तथा हुलाकी लोकमार्ग हुँदै तराई, पहाड र हिमाली क्षेत्रमा स्मार्टसिटी बनाउन लागिएको हो । चालु आर्थिक वर्षमा प्रत्येक सहरको भूगोलको सूचना संकलन, व्यवस्थापन र विश्लेषण गर्न प्रयोग गरिने जीआईएस म्याप, भवन निर्माण मापदण्ड तथा गुरुयोजनासहित लागत अनुमान कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । योजनाअनुसार सरकारले काम पनि गरिरहेको छ । तर स्मार्ट सिटी कहिलेसम्ममा निर्माण भइसक्छ भन्ने यकिन छैन ।

आर्थिक वर्ष ०७३÷७४ मा ३ र २०७४÷०७५ मा थप १० गरीस्मार्टसिटीको योजना सार्वजनिक गरिएको थियो । सरकारले ठूला सहरी क्षेत्र, तराई तथा कृषियोग्य क्षेत्रहरुमा हुनसक्ने बसाइसराइलाई नियन्त्रण गर्न भन्दै स्मार्ट सिटी बनाउने योजना अघि सारेको थियो ।

सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले १३ मध्ये निजगढ, पालुङटार र लुम्बिनीमा निर्माण हुने स्मार्टसिटीको अध्ययन सकिएर डिपिआर निर्माणको चरणमा पुगेको बताए ।

आर्थिक वर्ष २०७३÷०७४ मा पहिलो चरणअन्तर्गत बाराको निजगढ, गोरखाको पालुङटार र रुपन्देहीको लुम्बिनीमा स्मार्टसिटी निर्माण गर्ने अवधारणा अघि सारेको थियो ।

आर्थिक वर्ष २०७४÷०७५ मा थप वटा स्मार्ट सिटीको योजना ल्याइएको थियो । डडेल्धुराको अमरगढी, स्याङ्जाको वालिङ, धनकुटाको धनकुटा, चितवनको भरतपुर, सिरहाको मिर्चैया, रौतहटको चन्द्रपुर, दाङको तुलसीपुर, दैलेखको दुल्लु, कैलालीको टीकापुर र काभ्रेपलाञ्चोकको काभ्रेमा स्मार्ट सहर बन्दै छन् ।

थप गरिएका स्मार्टसिटीको ‘मास्टर प्लान’ तयार भएर कार्यान्वयनको चरणमा पुगेको दवाडीले जानकारी दिए । तर बजेट अभावका कारण चाहेजति काम गर्न नपाएको उनले बताए ।

स्मार्ट सिटी निर्माणका लागि आर्थिक वर्ष २०७४÷०७५ मा दुई अर्ब ११ करोड बजेट विनियोजन गरिएको थियो । २०७५÷०७६ मा भने एक अर्ब ९९ करोड, २०७६÷०७७ मा एक अर्ब ८२ करोड र चालु आर्थिक वर्षमा दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार क्षेत्रमा लगानी जुटाउने उद्देश्यका साथ स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले स्मार्टसिटीमा लगानी गर्ने बताएको छ । पूर्वाधारका सबै क्षेत्रमा लगानी गर्न भनेर स्थापना भएको सो बैंकले स्मार्टसिटीमा लगानी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बताएका छन् ।

स्मार्टसिटी आकर्षक र सुविधासम्पन हुनेछन् । स्मार्टसिटीमा हरियाली तथा मनोरञ्जन पार्क, नयाँ सडकको लागि ट्रयाक, भ्यू टावरलगायत हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर