मंगलबार सुन तोलामा ६ सयले घट्यो, चाँदीमा पनि गिरावट – Nepal Press

मंगलबार सुन तोलामा ६ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो छापावल सुन प्रतितोला ८६ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

यसैगरी आज तेजावी सुन प्रतितोला ८५ हजार एक सय ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि हिजोको भन्दा तोलामा १० रुपैयाँ घट्न पुगेको छ । चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर