शीर्ष स्थानको एट्लेटिकोसँग दूरी घटाउँदै बार्सिलोना – Nepal Press

शीर्ष स्थानको एट्लेटिकोसँग दूरी घटाउँदै बार्सिलोना

एजेन्सी । १८ वर्षीय इलिक्स मोरिबाले बार्सिलोनाका लागि करिअरकै पहिलो गोल गरेपछि ओसासुनाबिरुद्धको जितका साथ बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी २ अंकमा झारेको छ ।

जोर्डी अल्बाको सुरुआती गोलका लागि मेस्सीले पास उपलब्ध गराएका थिए । पहिलो हाफअगाडि बार्सिलोनाका गोलरक्षक मार्क टर स्टेगेनले किके बर्ज र रुवेन गार्सियाको प्रहार बचाउ गरेका थिए ।

खेलको अन्त्यतिर मोरिबाले बक्स बाहिरबाट गोल गरी २–० को जित निश्चित गराए । यसपल्ट पनि मेस्सीकै पास सदुपयोग भएको हो ।

बार्सिलोना सन्चालक समितिको आइतबार निर्वाचन हुँदैछ । तीनजना अध्यक्षको प्रतिस्पर्धामा छन् । जोन लापोर्टा, भिक्टर फन्ट र टानी फ्रेइसामध्ये जसले जिते पति उनीहरुलाई तत्कालका लागि मुख्य दुई चुनौति छन्– बार्सिलोनाको आर्थिक समस्या सुल्झाउने र कीर्तिमानी ६ पल्टका बालोन डी’ओर विजेता मेस्सीलाई बार्सिलोनामै राख्ने ।

यो जित बार्सिलोनाका लागि ला लियाको उपाधि यात्रामा महत्वपूर्ण छ । किनभने जनवरीको अन्तिमसम्म बार्सिलोना शीर्ष स्थानको एट्लेटिकोसँग १० अंकले पछाडि थियो । एट्लेटिकोले २ खेल कम खेल्दा २ अंकको अग्रतामा छ । उसले आज चीर प्रतिस्पर्धी रियल मड्रिडसँग खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर