ईंग्ल्यान्डले भारतलाई उसकै भूमिमा २ सय २७ रनले हरायो – Nepal Press

ईंग्ल्यान्डले भारतलाई उसकै भूमिमा २ सय २७ रनले हरायो

काठमाडौं । ईंग्ल्याण्डले भारतविरुद्ध विशाल रनअन्तरको जित हासिल गर्दै जारी टेस्ट श्रृंखलामा अग्रता लिएको छ ।

भारतलाई उसकै भूमिमा २ सय २७ रनको हार चखाउने क्रममा ब्याटिङ र बलिङ दुवैतर्फ ईंग्ल्यान्डले उत्कृष्टता देखायो ।
चौंथो इनिङमा भारतले जितका निम्ति ४ सय २० रनको लक्ष्य पाएको थियो ।

तर, ईंग्ल्यान्डको धारिलो बलिङसामू भारतीय बलरहरु टिक्न सकेनन् । भारतको ब्याटिङ धराशयी बनाउन जेम्स एन्डरसम र ज्याक लिचले प्रमुख भूमिका खेले । उनीहरुले आपसमा ७ विकेट बाँडेका थिए ।

भारतका लागि सर्वाधिक महत्वपूर्ण बिराट कोहलीको विकेट चाहिँ बेन स्टोक्सले आफ्नो नाममा पारे ।

कप्तान कोहलीले ७४ रन बनाउँदै भारतका लागि झिनो आशा जगाएका थिए । उनलाई स्टोक्सले बोल्ड गरेसँग भारतको सबै आशा समाप्त भएको थियो । भारतीय ओपनर शुभमन गिलले पनि अद्र्धशतकीय इनिङ खेले ।

अन्य ब्याट्सम्यानहरुले ठोस योगदान दिन सकेनन् । । भारत एक सय ९२ रनमा अलआउट भएको थियो ।

टेस्टको पहिलो इनिङमा ईंग्ल्यान्डका कप्तान जोय रुटले हानेको दोहोरो शतकले म्याचको दिशा निर्धारण गरेको थियो । उनका २ सय १८ रन मद्दतमा ईंग्ल्यान्डले ५ सय ७८ रनको विशाल स्कोर खडा गर्यो । जवाफी ब्याटिङमा भारतले ३ सय ३८ रन मात्रै जोड्न सक्यो । ईंग्ल्यान्डका डम बेसले भारतका चार विकेट ढालेका थिए ।

भारत फलोअनमा परे पनि ईंग्ल्यान्डले तेस्रो इनिङमा ब्याटिङ गर्ने निर्णय लियो । भारतीय बलरले ईंग्ल्यान्डलाई एक सय ७८ रनमै अलआउट गरे पनि भारतले ठूलो लक्ष्य पाइसकेको थियो । पाचाैँ दिनको खेलमा भारतले ईंग्ल्यान्डलाई नतिजा सुम्पियो । ईंग्ल्यान्डका कप्तान जोय रुट म्यान अफ द म्याच घोषित भएका छन् ।

यो र्ईंग्ल्यान्डका लागि घरबाहिरको लगातार छैटौं जित हो । यसैगरि भारतले २०१२ यता दोस्रोपटक घरेलु मैदानमा हार व्यहोरोको छ । अब वल्र्ड टेस्ट च्याम्पियनसीपको फाइनलमा स्थान बनाउनका लागि भारतले बाँकी तीनमध्ये कम्तिमा दुई खेल जित्नुपर्ने र एक बराबरी गर्नुपपर्ने वाध्यता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर