लुम्बिनी प्रदेशमा बन्दको प्रभाव आंशिक मात्र – Nepal Press

लुम्बिनी प्रदेशमा बन्दको प्रभाव आंशिक मात्र

रुपन्देही । नेकपा प्रचण्ड–माधव समूहले आज आह्वान गरेको आम हड्तालको प्रभाव लुम्बिनी प्रदेश आंशिक रुपमा परेको छ । तर अन्य प्रदेशको तुलनामा शान्तिपूर्ण भएको छ ।

बन्दले सबै जिल्लामा मुख्य सहरमा बन्दको प्रभाव केही मात्रामा परे पनि ग्रामीण इलाकामा भने बन्दकर्ता नदेखिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिहानैदेखि राजमार्गमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेनन् भने विहानपख भने राजमार्गमा अलपत्र परेका गाडीलाई स्कर्टिङ गरेर गन्तव्य सम्म पुराइएको थियो ।

बुटवलमा फाट्टफुट्ट निजी गाडी चले पनि अधिकांश व्यवसाय तथा पसल बन्द रहेका थिए । मुख्य राजमार्गका केही ठाउँका सडकमा प्रदर्शनकारी बसेका थिए भने केही ठाउँमा टायर बालेर सडकमा गाडी तेर्साएर सडक अवरुद्ध गरिएको थियो ।

बन्दको क्रममा लुम्बिनी प्रदेशमा अप्रिय घटना भने भएको छैन । साँझसम्म पनि सवारी तोडफोडको घट्ना नभएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर