आइएमई मोटर्सद्वारा २२२ मोडलका बस ग्राहकलाई हस्तान्तरण – Nepal Press

आइएमई मोटर्सद्वारा २२२ मोडलका बस ग्राहकलाई हस्तान्तरण

काठमाडौं । आईएमई  ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले आफ्ना ग्राहकलाई बसहरु हस्तान्तरण गरेको छ । आईएमई  मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले भाइकिङ २२२ मोडलका बसहरु मंगलबार हस्तान्तरण गरेको हो ।

भाइकिङ २२२ का गाडीहरु नेपालमा  १०० ओटा भन्दाबढी रहेका छन् ।

कम्पनीका अनुसार आज डेलीभरी भएका २०२१ मोडलका बस यस वर्ष पहिलो पटक नेपाल ल्याइएको हो । भाइकिङ २२२ का गाडीहरु नेपालका पूर्वपश्चिम रुटहरुमा चल्दै आएका छन् ।

यस बसमा इनलाइन फ्यूल पम्पका साथै एच सिरिज इन्जिन रहेको छ । यो बसमा भोभर ड्राइभ गियर बक्सले काम गर्ने भएकाले १८० एचपी इन्जिनको साथमा द्रूत गतिको आरामदायी यात्रा गर्न सकिन्छ ।

रियल एयल सस्पेन्शन, डाइरेक्ट ड्राइभ, इनलाईन फ्यूल पम्म र धेरै माइलेजका कारण यो गाडी अरुभन्दा फरक भएको कम्पनीको दावी छ ।
सेल्स हेड सुशिल सुबेदीका अनुसार नेपालमा हरेक लामो दुरी रुटमा भाइकिङ गाडी चल्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर