निगम र राष्ट्रिय वाणिज्य बैंकबीच सरल कर्जामा हस्ताक्षर – Nepal Press

निगम र राष्ट्रिय वाणिज्य बैंकबीच सरल कर्जामा हस्ताक्षर

काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धि सम्झौता पत्रमा बिहीबार हस्ताक्षर भएको छ । सेवा अवधि पूरा गरि निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्न सक्नेगरी उक्त सम्झौता गरिएको हो ।

यो सम्झौतासँगै तलबी बचत खाता संचालनमा रहेका र निगममा पाँच वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा विना धितो सरल कर्जा उपभोग गर्न सक्नेछन् ।

त्यस्तै तीन वर्षभन्दा कम भएका कर्मचारीलार्य कर्जा प्रवाह सम्बन्धी विधि बैंकले तोके बमोजिम हुनेछ । निगमको सिफारिसमा सरल कर्जा १५ लाखसम्मको हुनेछ ।

सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छदै राजिनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भई सेवाबाट हटेमा बैंकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट निजले पाउने छ ।

कर्जाको आधारदर हाललाई ५ दशमलव ७४ प्रतिशतमा २ प्रतिशत प्रिमियम थप गरी ७.७४ प्रतिशत रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर