वरिष्ठतम न्यायाधीशले किन गरे न्यायपरिषद बैठक बहिस्कार ? – Nepal Press

वरिष्ठतम न्यायाधीशले किन गरे न्यायपरिषद बैठक बहिस्कार ?

काठमाडौं । उच्च अदालतका मुख्य न्यायाधीश नियुक्ति प्रक्रियामा असहमति जनाउँदै वरिष्ठतम न्यायाधीश दिपक कार्कीले न्यायपरिषद बैठक बहिस्कार गरेको खुलेको छ । आइतवारको परिषद बैठकमा उपस्थित भएर निर्णय प्रक्रियामा असहमति जनाउँदै बाहिरिएका कार्की एक साताका लागि विदामा बसेका छन् ।

न्यायपरिषद बैठकले सर्बोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौला सहित उच्च अदालतका न्यायाधीश प्रकाशचन्द्र गजुरेल र नीता दीक्षितलाई मुख्य न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो । नवनियुक्त मुख्य न्यायाधीशहरुको बुधबार सपथग्रहण हुँदैछ ।

स्रोतका अनुसार मुख्य रजिष्टार निरौलालाई मुख्य न्यायाधीश नियुक्ति गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको प्रस्तावमा कार्कीले तीब्र असहमति जनाएका थिए । उनी बैठकको शुरुमै आक्रोशित रुपमा प्रस्तुत भएका थिए ।

यसअघि मुख्य रजिष्टार पद कसैलाई माथि लैजाने भर्याङ नबनाउने भन्दै राजन भट्टराईलाई उच्च अदालतको न्यायाधीशमात्र नियुक्त गरिएको प्रसंग निकाल्दै कार्कीले निरौलालाई मुख्य न्यायाधीश बनाउन लागिएकोमा असहमति जनाएका थिए ।

उनले निरौलालाई पनि न्यायाधीशमात्र नियुक्त गर्नुपर्ने बताएको स्रोतको भनाइ छ । केही समयमयता न्यायाधीश नियुक्तिको विषय विवादित बन्न थालेपछि राणा प्रधानन्यायाधीश भएपछि विकृति विसंगतिविहीन न्यायपालिकाको लागि अनुसन्धान गरि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बारका प्रतिनिधि सहितको समिति बनेर काम गरिरहेको छ ।

प्रधानन्यायाधीश अध्यक्ष रहेको परिषदमा बरिष्ठतम न्यायाधीश दिपक कार्की,कानुनमन्त्री लिलनाथ श्रेष्ठ र सदस्यहरु रामप्रसाद श्रेष्ठ तथा लक्ष्मीप्रसाद निराला छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *