‘लिम्पियाधुरा फिर्ता गर्न तथ्यका आधारमा छलफल हुँदैछ’ (भिडियो) – Nepal Press
राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री

‘लिम्पियाधुरा फिर्ता गर्न तथ्यका आधारमा छलफल हुँदैछ’ (भिडियो)

‘नक्सामा मात्र होइन व्यवहारमै भूमि फिर्ता ल्याएर छाड्छौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्र होइन व्यवहारमै नेपालको नाममा कायम गरेर छाड्ने घोषणा गरेका छन् ।

राष्ट्रियसभाको बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुगौली सन्धीले कायम गरेको नेपालको भूभाग मित्रतापूर्ण ढंगले वार्ता गरेरै नेपालको स्वमित्व स्थापित गर्ने बताए । ओलीले नक्सामा सामेल गरेर, संविधान संशोधन गरेपछि केही व्यक्ति अब भूमि पनि आउने भयो भनेर आफूविरुद्ध लागेको टिप्पणी गरे ।

प्रधानमन्त्रीले भने– सुगौली सन्धीपछि १४६ वर्षसम्म हामीले उभोग गरेको हाम्रो भूभाग कालापानीमा भारतीय फौज बसेपछि नक्साबाट समेत गायब भयो । हामीले पहिलोपटक नक्सामा सामेल गरेर संविधानमा राख्यौं । अब मित्रतापूर्ण ढंगले तथ्यका आधारमा छलफल हुँदैछ । त्यो भूभाग कायम गरेर छाड्छौं । स्वामित्व अब नक्सामा मात्र होइन व्यवहारमै हुन्छ ।

आफूले अघिल्लो पटक संविधान जारी गरे बापत सरकार ढालेर नाकाबन्दी लगाउन सघाएको र यसपटक नक्सा जारी गरेर धेरै राष्ट्रिय महत्वका काम गरेपछि सरकार ढाल्न खोजेको आरोप प्रचण्डमाथि लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर