वासिखोरा – Nepal Press
वासिखोरा

भोजपुरको वासिखोरामा प्रहरी चौकी स्थापना

भोजपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका-७ वासिखोरामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । वासिखोरा २००७ सालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको जन्मथलो हो । प्रहरी सहायक निरीक्षकको कमाण्डमा वासिखोरामा प्रहरी चौकी राखिएको हो । प्रहरी चौकी स्थापनासँगै यस क्षेत्रका नागरिकलाई सुरक्षाको सहयोग पुगेको स्थानीय अगुवा पारुहाङ राईले बताए ।