भीम रावल बालुवाटारमा, स्थायी कमिटी बैठकबारे छलफल हुँदै – Nepal Press

भीम रावल बालुवाटारमा, स्थायी कमिटी बैठकबारे छलफल हुँदै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको पूर्वनिर्धारित बैठकमा भाग लिन माधव नेपाल पक्षधर वार्ता टोली संयोजक डा. भीम रावल बालुवाटार पुगेका छन् । अन्य नेताहरू पनि बालुवाटार जाने क्रम जारी छ ।

बैठकअघि सबैलाई समेट्नबारे नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ । बैठक स्थगित गर्ने कि सहमतिलाई अनुमोदन गरेर पार्टी एकताको सन्देश दिने भन्नेबारे छलफल भइरहेको छ ।

यता सर्वोच्च अदालतको फैसलापछि विकसित घटनाक्रमलाई लिएर पार्टीमा विकसित सहमति भाँडिन नदिन आज निर्धारित स्थायी कमिटी बैठक स्थगित गर्न माधव नेपाल निकट केही नेताहरूले आग्रह गरेका छन् ।

वार्ता कार्यदलले हस्ताक्षर गरेर तयार पारेको सहमतिको मस्यौदा पारित गर्न आज साँझ बोलाइएको बैठक थप छलफलपछि राख्न आग्रह गरिएको वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले बताए ।

पाण्डेले नेपाल प्रेससँग भने, ‘धेरै मेहनत गरेर माधव कमरेडले दुई दिन पर्खौ भन्दा भन्दै पनि हामीले सहमति गरेका हौं । यसलाई भत्किन दिनु हुँदैन र पार्टी एकता टुट्न नदिन हामी दृढ छौं । आजको बैठक स्थगित गर्ने कुरा विष्णु पौडेलले भन्नुभएको थियो, खबर आएको छैन ।’


प्रतिक्रिया

One thought on “भीम रावल बालुवाटारमा, स्थायी कमिटी बैठकबारे छलफल हुँदै

  1. जसलाइ प्रधानमन्त्री बनाउनको लागि बिग्रह गरेको त्यही व्यक्ति प्रधानमन्त्री हुने भएपछि एमालेमा एकता किन जरूरी भयो र ? माधव नेपाल कामरेडले फैसलाको स्वागत गरी सक्नु भएको छ । अब त बाँकी भनेको काँग्रेसले यी कम्युनिष्टहरू भनेर डण्डा लगाउन मात्र बाँकी छ । त्यही बेला हेराैँला कसले जितेको भनेर । अब के का लागि एकता ? न विचार न सिद्धान्त, जुन विचारको पार्टीसँग राजनीतिक प्रतिष्प्रर्धा गर्नु थियो त्यसैलाइ प्रधानमन्त्री बनाउन रातदिन एक बनाएर गरेको मेहीनेतको फल त सर्वोच्चले दिइ सक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर