करिब ५६ अंकले बढ्यो नेप्से, ११ अर्बमाथि कारोबार – Nepal Press

करिब ५६ अंकले बढ्यो नेप्से, ११ अर्बमाथि कारोबार

काठमाडौं । नेप्से परिसूचक आज ५५.७६ अंकले बढेर २८२७.१३ विन्दुमा रोकिएको छ ।

आज २ करोड २६ लाख १३ हजार २९ कित्ताको किनबेचमा ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रूपैयाँको कारोबार भयो ।

आज सानिमामाई हाइड्रोपावरका शेयरधनीले १० प्रतिशतले आम्दानी गर्न सफल भए । म्यूचल फण्ड बाहेक सबै उप-समूहको सूचकहरु आज बढेका छन् ।

आज सबैभन्दा धेरै फाइनान्स समूह ७.९१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी पुनर्बिमा कम्पनीको १ अर्ब ३७ करोड बराबरको सेयर कारोबार भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर