स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट जागेश्वर गौतम हटे, प्रवक्ताको जिम्मेवारी समीर अधिकारीलाई – Nepal Press

स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट जागेश्वर गौतम हटे, प्रवक्ताको जिम्मेवारी समीर अधिकारीलाई

काठमाडौं । वीर अस्पताल (कोभिड-१९) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा जागेश्वर गौतम नियुक्त भएका छन् ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीका अनुसार मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई उक्त पदमा नियुक्त गरिएको हो ।

आफूले पूर्णकालिनरुपमा उक्त पद सम्हाल्न लागेको गौतमले नेपाल प्रेसलाई जानकारी दिए । गौतम यसअघि मन्त्रालयका प्रवक्ता थिए ।

गौतमको जिम्मेवारी फेरिएसँगै प्रवक्ताको जिम्मेवारी सह-प्रवक्ता डा. समीर अधिकारीले सम्हाल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर