कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै – Nepal Press

कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा बस्दै

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्ने भएको छ ।

बिहान ९ बजे देउवा निवासमा बस्न लागिएको बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि  राति बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर