पत्रकार महासंघको पद हस्तान्तरण सम्पन्न (फोटो फिचर) – Nepal Press
पत्रकार महासंघको पद हस्तान्तरण सम्पन्न (फोटो फिचर)
नेपाल प्रेस २०७८ वैशाख ५ गते १७:२७
२०७८ वैशाख ५ गते १७:२७

काठमाडौं । गत चैत २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।

महासंघमा आयोजित विशेष समारोहबीच निवर्तमान अध्यक्ष गोविन्द आचार्यले नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल नेतृत्वको समितिलाई पद हस्तान्तरण गरेका हुन् ।



समारोहमा केन्द्रीय निर्वाचन समितिले निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।

समारोहमा उपस्थित पत्रकार महासंघका पूर्व अध्यक्षहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महासंघले ‘स्थायी प्रतिपक्षी’ को भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।