यू-१९ विश्वकप क्रिकेट: नेपालविरुद्ध भारतले रोज्यो ब्याटिङ
नेपाल प्रेस
२०८० माघ १९ गते १३:२९
काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
भारतले टस जितेर दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
नेपाल विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ । अपराजित भारतसँगको खेल नेपालको प्रतिष्ठाको लागि मात्र हुनेछ ।
नेपाल यसअघि सुपर सिक्समै बंगलादेशसँग ५ विकेटले पराजित भएकाे थियाे ।
प्रतिक्रिया
सम्बन्धित खवर