यू-१९ विश्वकप क्रिकेट: नेपालविरुद्ध भारतले रोज्यो ब्याटिङ – Nepal Press

यू-१९ विश्वकप क्रिकेट: नेपालविरुद्ध भारतले रोज्यो ब्याटिङ

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

भारतले टस जितेर दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपाल विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ । अपराजित भारतसँगको खेल नेपालको प्रतिष्ठाको लागि मात्र हुनेछ ।

नेपाल यसअघि सुपर सिक्समै बंगलादेशसँग ५ विकेटले पराजित भएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *