वागमतीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता, दलको बैठकमा माधव पक्ष पनि सहभागी हुने – Nepal Press

वागमतीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता, दलको बैठकमा माधव पक्ष पनि सहभागी हुने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् ।

अविश्वास प्रस्तावका प्रस्तावक अरुण नेपालले पछिल्लो विकसित परिस्थितिका कारण एमाले एउटै भएकाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइएको बताए ।

साबिक नेकपाको प्रचण्ड-माधव पक्षका ४५ सांसदले पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । तीमध्ये २३ जना माधव नेपाल पक्षका हुन् ।

पौडेलविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गरि मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्तावित गरिएको थियो । यसैबीच मुख्यमन्त्री डोरमणि पौडेलले आज बोलाएको दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर