वागमतीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता, दलको बैठकमा माधव पक्ष पनि सहभागी हुने
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/03/cm-dormani-paudel.jpg)
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् ।
अविश्वास प्रस्तावका प्रस्तावक अरुण नेपालले पछिल्लो विकसित परिस्थितिका कारण एमाले एउटै भएकाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइएको बताए ।
साबिक नेकपाको प्रचण्ड-माधव पक्षका ४५ सांसदले पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । तीमध्ये २३ जना माधव नेपाल पक्षका हुन् ।
पौडेलविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गरि मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्तावित गरिएको थियो । यसैबीच मुख्यमन्त्री डोरमणि पौडेलले आज बोलाएको दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने भएका छन् ।