केन्द्रीय बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ मुद्धति खातामा लगानी गर्ने – Nepal Press

केन्द्रीय बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ मुद्धति खातामा लगानी गर्ने

काठमाडौं । केन्द्रीय बैंकले कर्मचारीको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ४५ करोड रुपैयाँ मुद्दति खातामा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले तोकिएको सर्तहरुको पालना गर्दै उक्त रकम लिन चाहाने बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएको , निष्कृय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको , बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालक कारवाहीमा नपरेको र सर्वसाधारणका लागि शेयर जारी गरेको हुनुपर्ने लगायतका सर्त केन्द्रीय बैंकले तोकेको छ ।

नेपाल राष्ट्र बैंकले २०७८ वैशाख २ गते देखी २०७९ बैशाख १ गतेसम्मको १ बर्षको अवधिका लागि मुद्दति खातामा उक्त रकम लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले बाणिज्य बैंकहरुलाई ७६ करोड, बिकास बैंकहरुलाई ५१ करोड ७५ लाख र ग बर्षका बैंकहरुलाई १७ करोड २५ लाख रुपैयाँ लगानी गर्न लागेको जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर