राप्ती नदीमा डुबेर एक बालकको मृत्यु
नेपाल प्रेस
२०८० जेठ २७ गते २१:३८
दाङ । दाङमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका ९४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् ।
शुक्रबार मध्याह्न ५स्३० बजेको समयमा घर नजिकै राप्ती नदिमा नुहाउँदै गर्दा डुबेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर