झापाको गौरादहमा अनेरास्ववियु प्यानल विजयी – Nepal Press

झापाको गौरादहमा अनेरास्ववियु प्यानल विजयी

विराटनगर । झापाको गौरादह क्याम्पसमा एमाले निकट अनेरास्ववियु प्यानलै विजयी भएको छ ।

गौरादहमा एमाले अनेरास्ववियुका सभापतिका उमद्वार विक्रम कुमार तिवारीले १३० मत पाए भने नेवी संघका राजेन्द्र काफ्लेले ९९ सय मत प्राप्त गरे ।

सचिवमा अनेरास्ववियुका पूर्णबहादुर रानाले १३८ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तीकारीका दिवश पन्थीले ९२ मत प्राप्त गरे । कोषध्यक्षमा अनेरास्ववियुका झरना सुवेदी विजयी भइन् । उनले १३९ मत पाउँदा नेवी संघका दिपिका खनालले ८७ मत प्राप्त गरिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर