गिरिजाप्रसादलाई सम्झँदै प्रचण्डले भने- राजनीतिक परिवर्तन गर्न शान्ति सम्झौतामा हस्ताक्षर गरेका थियौं (भिडिओ) – Nepal Press

गिरिजाप्रसादलाई सम्झँदै प्रचण्डले भने- राजनीतिक परिवर्तन गर्न शान्ति सम्झौतामा हस्ताक्षर गरेका थियौं (भिडिओ)

पहिलो पटक प्रधानमन्त्री हुँदा सहिदहरुका बारेमा गरेको निर्णय कार्यान्वयन गर्ने उद्घोष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दश वर्ष जनयुद्धपछि आफूले गरेको विस्तृत शान्ति सम्झौतालाई स्मरण गरेका छन् ।

राष्ट्रिय सहिद तथा बेपत्ता स्मारकको उद्घाटन गर्दै उनले सत्ता पक्षबाट सात राजतीनिक दलको नेतृत्व गरेर शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति पनि आभार व्यक्त गरे ।

उनले भने, ‘मैले आज विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको दिनलाई स्मरण गरेको छु । त्यही सम्झौताको आधारमा नै अहिले नेपालको राजनीतिक प्रणाली अघि बढ्न सम्भव भएको हो । यतिवेला मैले सात राजनीतिक दलको तर्फबाट हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सम्झिन चाहन्छु । उहाँको टावरिङ पर्सनालिटी र सात राजनीतिक दलको नेतृत्व गर्ने उहाँमा दृढ इच्छाशक्ति थियो ।’

देशलाई शान्ति र राजनीतिक परिवर्तनको आवश्यक देखेर नै शान्ति सम्झौतामा हस्ताक्षर गरेको बताए ।

‘यतिवेला नै संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव छ भनेर मैले नेतृत्व गरेको तत्कालीन माओवादी र जनयुद्धलाई विस्तृत शान्ति सम्झौतातर्फ लैजान अठोट गरेको दिन थियो त्यो’, उनले भने ।

उनले आफू संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्न सफल भएको पनि बताए । आफूले त्यस वेलामा सहिदहरुप्रति गरेको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै प्रचण्डले अहिले तेस्रो पटक प्रधानमन्त्री हुँदा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सहिदहरुको बारेमा गरेको निर्णयको फाइल खोजेर हेरेकोसमेत उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर