राप्रपा नेपालको निष्कर्ष- कमल थापा सूर्य चिह्नबाट चुनाव लडेपछि पार्टीलाई क्षति – Nepal Press

राप्रपा नेपालको निष्कर्ष- कमल थापा सूर्य चिह्नबाट चुनाव लडेपछि पार्टीलाई क्षति

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल ले पार्टी चुनाव हार्नुको दोष अध्यक्ष कमल थापालाई लगाएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा कमल थापा एमालेको चुनाव चिह्न सूर्यबाट लड्नुपर्ने बाध्यताका कारण निर्वाचन हारिएको निष्कर्ष निकालेको हो ।

काठमाडाैंमा माघ ९ र १० गते सम्पन्न बैठकमा भनिएको छ, ‘तुलनात्मक रुपमा नयाँ र कमजोर पार्टी संगठन, साधन श्रोतको अभाव, चुनावको पूर्वसन्ध्यामा पार्टी अध्यक्ष ‘सूर्य’ चिन्हबाट लड्नुपर्ने बाध्यता, चुनाव चिन्हको अन्योल र प्रभावकारी चुनावी अभियानको कमी मुख्य कारणहरू रहेको ठहर गरेको छ ।’

आगामी दिनमा यस्ता कमजोरीहरू सच्याएर सशक्त ढंगबाट अघि बढ्ने र राप्रपा नेपाललाई देशको बलियो बनाउने संकल्प पनि गरेको छ ।

बैठकले राप्रपा नेपालको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले राप्रपा नेपालसँग एकता हुन चाहने दल तथा धार्मिक संघसस्थासँग वार्ताको लागि समिति पनि गठन गरेको छ ।

उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर