च्यासलमा स्वस्ति वाचनसहित ओलीलाई प्रधानमन्त्री बन्ने शुभकामना (भिडिओ) – Nepal Press

च्यासलमा स्वस्ति वाचनसहित ओलीलाई प्रधानमन्त्री बन्ने शुभकामना (भिडिओ)

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय जन सांस्कृतिक मञ्चले स्वस्ति वाचनसहित बधाई दिइएको छ ।

पार्टी कार्यालयमा पण्डित वृहङगमराज तिमल्सिनाले स्वस्ति वाचन गर्दै ओलीलाई प्रधानमन्त्री बन्न शुभकामना दिए ।

स्वस्ति वाचन गर्दै पण्डित तिमल्सिनाले भनेका छन्, ‘केपी शर्मा ओली नेपाल देशस्च सुख, शान्ति, समृद्धि, दीर्घायु, शक्तिशाली नेतृत्व दियते प्रधानमन्त्री भव: भव: ।’

मन्त्रोच्चारणपछि पण्डित तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर