गोरखाबाट सफल शिक्षकको रूपमा पुरस्कृत भएको थिएँ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू शिक्षक हुँदा गोरखामा भएको सम्मानको स्मरण गरेका छन् ।
चितवन छाडेर गोरखा २ बाट उम्मेदवारी दिएका प्रचण्डले विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तित्वसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पुराना सम्बन्ध रहेको बताएका हुन् ।
उनले भने, ‘अत्यन्त सफल शिक्षकको रूपमा माननीय जितबहादुर नेपालीको हातबाट म पुरस्कृत भएको थिएँ । ती अनुभूति र गोरखाका अधिकांश गतिविधिमा शिक्षकको नाताले पहिला पनि सहभागी हुन्थे ।’
शिक्षक पेशा छाडेर राजनीतिमा सक्रिय भएपछि पनि गोरखा जिल्लामा नै पार्टीको हेडक्वाटर राखेको बताए ।
उनले थपे, ‘भूमिगत रूपमा पञ्चायतकाल थियो । त्यसैले यहाँ लामो समयदेखि नै परिचित छु। हामीले क्रान्तिको सुरुवात गर्ने अन्तिम बैठक गोरखाबाट गरेका थियौँ ।’
उनले आफूहरुले संघर्ष गरेर प्राप्त गरेको उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको समेत बताए ।
गठबन्धनका सबै दल इमानदार भएर वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन लाग्न समेत आग्रह गरे।
अब यस्ता नक्कली र चटके कुरा त कति आउँछन आउँछन मंसिर ४ गतेसम्म । त्यसपछि अर्को ठाउँ खोज्न थाल्छन र त्यो ठाउँको बारेमा के चटके कुरा गर्ने भनेर तयारी गर्न थाल्छन् ।