किशोरावस्थाको मनोविज्ञानमा आधारित कथासंग्रह ‘तनुजा’को विमोचन – Nepal Press

किशोरावस्थाको मनोविज्ञानमा आधारित कथासंग्रह ‘तनुजा’को विमोचन

काठमाडौं । साहित्यकार डा. जानुका पौडेल नेपालद्वारा लिखित कथासंग्रह ‘तनुजा’को विमोचन भएको छ । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा साहित्यकार प्रा.डा. व्रतराज आचार्य, प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार डा. जर्नादन नेपाल, प्रधानमन्त्री कार्यालयका सचिव सुरेश आचार्य, डा. विद्यानाथ कोइरालालगायतद्वारा पुस्तकको विमोचन गरिएको हो ।

एक्काइसौं शताब्दीका किशोरमैत्री कथाहरु समेटिएको संग्रह ‘तनुजा’बारे प्रा डा. आचार्य, साहित्यकार विजय चालिसे, डा.रेनुका सोलु, खगराज बराललगायतले टिप्पणी गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका वुद्धिजीविहरु एवम् पाठकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

लेखक पौडेलले पुस्तकमा विद्यालय शिक्षामा किशोरावस्थाका विद्यार्थीका खुशी, दुःख, पीडा उनीहरूको उमेरका कारणले उत्पन्न हुने मानसिक असन्तुलन, पारिवारिक समस्या, व्यक्तिगत समस्या आदिको सँगालो समेटिएका कथा रहेको बताइन् ।

पौडेल काठमाडौंको निल बाराही माध्यमिक विद्यालयकी प्राचार्य हुन् । उनको शिक्षा क्षेत्रको योगदानको कदरमा संविधान दिवस असोज ३ का दिन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रवल जनसेवाश्री पदकबाट विभुषित भएकी थिइन् ।

विभिन्न संघसंस्थामा आवद्ध पौडेल अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) भाषा एवम् साहित्य समितिकी अध्यक्ष समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *