सांसद रिजालको दाबी : महाभियोग नागरिकको अभिव्यक्ति हो – Nepal Press

सांसद रिजालको दाबी : महाभियोग नागरिकको अभिव्यक्ति हो

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग नागरिकको अभिव्यक्तिका रुपमा आएको बताएका छन् ।

प्रतिनिधिसभामा जारी प्रधानन्यायाधीश राणाउपरको महाभियोगको प्रस्तावमाथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

‘विकृतिको प्रतिनिधिपात्र द्योतक पात्र हुनुहुन्छ । उहाँजस्तै आशंका गरिएका अन्य पात्रका विषयमा पनि गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘महाभियोग ठिक छ, उपयुक्त छ । नागरिकको अभिव्यक्तिको आवाज हो ।’

न्यायपालिकाका केही काम ठिक केही बेठिक भन्नु गलत हुने उनले बताए । संविधान नै बदल्ने गरी अध्यादेशबाट संविधान बदल्ने भागबण्डामा सघाए ठिक गरे भन्ने सोच्नु प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आत्मालोचनाको अभिव्यक्ति रहेको पनि उनले दाबी गरे ।

‘सक्दा जेसुकै गर्ने धम्क्याउने, लेनदेन गर्ने, नसक्दा लम्पसार परेर टीका ग्रहण गर्ने न्यायपालिकाको नेतृत्व भएको हो, व्यवहारमा लम्पट भएको हो, यो प्रवृृत्तिको अन्त्य हुनैपर्दछ,’ सांसद रिजालले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर