जनार्दन शर्मामाथिको छानबिन समिति सदस्य हेरफेर
नेपाल प्रेस
२०७९ असार ३० गते १६:३६
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् ।
समितिमा रहेका पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले उनको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई राखेको हो । जसलाई बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकार गरेको छ ।
२२ असारमा गठित समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर