छोरी जन्मेपछि व्यथाले च्याप्यो, हेलिकप्टरबाट उद्धारपछि दुई छोरा जन्मिए – Nepal Press

छोरी जन्मेपछि व्यथाले च्याप्यो, हेलिकप्टरबाट उद्धारपछि दुई छोरा जन्मिए

काठमाडौं । हेलिकप्टरबाट तत्कालै उद्धार नगरिएको भए सायद उनले बच्चालाई संसार देखाउन पाउने थिइनन् ।

तर, सरकारले समयमै हेलिकप्टर पठाएर काठमाडौंको प्रसूति गृहमा पुर्‍याएका कारण शान्ता कार्की बुढाथोकीको मात्रै ज्यान बचेन उनले एकैसाथ ३ सन्तानलाई समेत संसार देखाएकी छन् ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ५ की शान्तालाई प्रसूति व्यथाले च्यापेर एउटा बच्चा जन्मिएपछि झनै समस्या भएको थियो । बचाउनै नसक्ने अवस्था भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टरबाट तत्कालै उद्धार गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको समन्वयमा हवाई उद्धार कार्यविधी २०७५ अनुसार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर ल्याएको केहीबेरमै उनले थप दुई छोरालाई जन्म दिएकी हुन् ।

छोरी भने फेदिगुठ स्वास्थ्य चौकीमै जन्मिएकी थिइन् । दुई छोरालाई शल्यक्रियाबाट जन्म दिएकी हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर