फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी – Nepal Press

फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट प्रमुखमा गोपाल राय यादव र उपप्रमुखमा अमवेया खातुन निर्वाचित भएकी छन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा कांग्रेसका गोपाल राय यादवले नेकपा एमालेका विजय यादवलाई १ हजार ४९० मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।

नवनिर्वाचित नगर प्रमुख गोपाल राय यादवले ४ हजार ८५१ मत पाउँदा विजय यादवले ३ हजार ३६१ मत पाए ।

यस्तै, उपमेयरमा पनि कांग्रसका उम्मेदवार रहेकी खातुनले एमालेकी कान्ति देवीलाई १ हजार ४९४ मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् ।

खातुनले ५ हजार १६२ मत प्राप्त गर्दा देवीले ३ हजार ६६८ मत प्राप्त गरिन् । यससँगै कांग्रेसले रौतहटमा सात पालिकामा जित हात पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर