नागरिकता विधेयक आगामी वर्षभित्र टुङ्ग्याइने – Nepal Press

नागरिकता विधेयक आगामी वर्षभित्र टुङ्ग्याइने

काठमाडौं । सरकारले नागरिकता विधेयक आगामी वर्ष भित्रै टुङ्ग्याउने बताएको छ ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा पेस गर्दै यस्तो बताएकी हुन् ।

संसद्‌मा विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुंगोमा पुर्‍याउन पहल गरिने उनले बताएकी छन् । राष्ट्रिय परिचय पत्रलाई तदारुकताका साथ वितरण गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । यसलाई सबै प्रकारका सेवा प्रवाहमा क्रमशः आबद्ध गर्दै लगिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर