प्रतिनिधिसभा बैठक: प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमा छलफलको दिन तोक्ने तयारी – Nepal Press

प्रतिनिधिसभा बैठक: प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमा छलफलको दिन तोक्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेपछि संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पेश गर्ने तयारी छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम २ बमोजिम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण हुने उल्लेख छ ।

त्यसअघि सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको २१ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

प्रधानन्यायाधीश राणाविरुद्ध माओवादीका प्रमुख सचेत देवप्रसाद गुरुङ,कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा एसका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्ताव र ९५ जना सांसदहरु समर्थक रहेर गत फागुन १ गते महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर