उद्दार उडान अनियमितता प्रकरण : उजुरी दिएर सघाउन पीडित यात्रुलाई पर्यटन मन्त्रालयको आग्रह – Nepal Press

उद्दार उडान अनियमितता प्रकरण : उजुरी दिएर सघाउन पीडित यात्रुलाई पर्यटन मन्त्रालयको आग्रह

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो लकडाउनको बेला बिदेशमा अलपत्र नागरिकलाई स्वदेशमा फर्काउन संचालन गरिएको अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा भएको भनिएको अनियमिता छानविन गर्ने भएको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै तोकिएको दरभन्दा बढी हवाइ भाडा तिर्न बाध्य सर्वसाधारणलाई उजुरी दिएर छानविनमा सघाउन समेत आग्रह गरेको छ । उपसचिव टेकनारायण पौडेलद्वारा जारी सूचनामा सरकारले तोेकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट सरकारले विवरण माग गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै बढी भाडा तिर्न बाध्य भएका व्यक्तिलाई आधिकारिक कागजातसहित सात दिनभित्र निवेदन इमेल गर्न भनेको छ । बढी भाडा तिरेका यात्रुले मन्त्रालयको इमेल [email protected] मा पठाउन सक्ने छन् ।

सरकारले चार्टर्ड उडानमा भएको अनियमितताको गुनासोबारे अध्ययन गर्न छानविन समिति पनि गठन गरेको छ । साही समितिको छानविनको प्रयोजनका लागि यात्रुहरुको विवरण माग गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *