तिब्बतका सरकार प्रमुखले भने- ब्यापार तथा कनेक्टिभिटीबारे नेपालको चासो सम्बोधन गर्छौं – Nepal Press

तिब्बतका सरकार प्रमुखले भने- ब्यापार तथा कनेक्टिभिटीबारे नेपालको चासो सम्बोधन गर्छौं

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतका चेयरमेन यान जिन हाइले कोभिड नियन्त्रण गर्ने मापदण्डहरुको पालना गर्दै नेपालसँगको सहज सामान आपूर्ति तथा कनेक्टिभिटी बढाउन आफूहरु सकारात्मक रहेको बताएका छन् ।

ल्हासास्थित नेपाली महा वाणिज्यदूतका नवराज ढकालले तिब्बतका प्रमुख हाइसँगको शिष्टाचार भेटमा नेपाली वस्तु जमिनको रुटबाट तिब्बत लैजाने विषयमा समेत ध्यानाकर्षण गराएका थिए ।

भेटमा विशेषगरि तिब्बत हुँदै नेपाल आउने कार्गो ट्रकहरुको सहजीकरण गर्दै संख्या बढाउने तथा सडक, रेलवे तथा ट्रान्समिसन लाइनबाट दुई देशबीचको कनेक्टिभिटी बढाउने विषयमा छलफल भएको महावाणिज्य दूत ढकालले बताएका छन् ।

सो क्रममा नेपालमा चीनियाँ लगानी प्रबर्धन गर्ने लगायतका विषयमा पछि छलफल भएको ढकालले बताएका छन् । सो अवसरमा चेयरमेन हाइले नेपालको चासोलाई सम्बोधन गर्ने बताएको ढकालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर