अष्ट्रेलियामा एकैदिन ७७ जनाको मृत्यु, अस्पताल भर्नादर महामारीयताकै उच्च – Nepal Press

अष्ट्रेलियामा एकैदिन ७७ जनाको मृत्यु, अस्पताल भर्नादर महामारीयताकै उच्च

सिड्नी । अष्ट्रेलियाले मंगलबार कोरोनाभाइरस महामारी सुरु भएयताकै सबैभन्दा खराब स्थितीको सामना गर्नुपरेको छ । रोयटर्सका अनुसार संक्रमण संख्यामा केही कमी आएपनि अस्पताल भर्ना हुनेको संख्या अहिलेसम्मकै उच्च छ ।

ओमिक्रोन भेरिएन्ट फैलिएसँगै संक्रमणमा वृद्धि भएपछि अस्पतालमा भर्ना हुनेको संख्या महामारी सुरु भएयताकै अहिलेसम्मको उच्च रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा मात्र त्यहाँ कोभिड संक्रमणबाट ७७ जनाको मृत्यु भएको छ । गत बिहीबार संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ थियो ।

‘आजको दिन हाम्रो राज्यको लागि निकै दुःखदायी दिन पनि हो’ न्यू साउथ वेल्सका प्रमुख डोमिनिक पेरोटेटले पत्रकार सम्मेलनमा भने । उनको राज्यमा मात्र पछिल्लो अवधीमा ३६ जनाको मृत्यु भएको छ जुन राज्यमा एकैदिनमा मृत्यु हुनेको उच्च संख्या हो ।

राज्यका प्रमुख स्वास्थ्य अधिकृत केरी च्यान्टले भने तत्काल बुस्टर डोज सुरु गर्नुको विकल्प नभएको बताए । पछिल्ला साताहरुमा भैरहेको संक्रमण वृद्धिले ब्यवसायलाई खुला राख्दै भाइरससँग लड्ने नागरिकको आत्मविश्वासलाई धक्का दिएको ठानिएको छ ।

कतिपय राज्यहरुले लकडाउनको विकल्पबारे पनि सोचिरहेको रोयटर्सले जनाएको छ । मंगलबार सार्वजनिक नयाँ एक सर्वेक्षणले ओमिक्रोन लहरले प्रधानमन्त्री स्कट मरिसनको लोकप्रियतामा समेत कमी आएको देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर