राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित – Nepal Press

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो ।

तर, सोमबार विशेष कारणवश बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर