बाग्लुङमा देउवानिकट आमन्त्रित केन्द्रीय सदस्य र जिल्ला सभापति पराजित – Nepal Press

बाग्लुङमा देउवानिकट आमन्त्रित केन्द्रीय सदस्य र जिल्ला सभापति पराजित

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

बागलुङको क्षेत्र नम्बर १ बाट पौडेल र थापा खुला महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । उनीहरु दुवै संसथनपन समूहका हुन् ।

सो क्षेत्रबाट ओमकार थापा, चिरञ्जीवी गौतम, जगदीशचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, नवराज पौडेल, प्रकाश पौडेल , प्रकाश आचार्य , मणिभद्र शर्मा कडेल, हरिहर शर्मा र हरिप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

२५ महाधिवेशन प्रतिनिधिमध्ये २२ जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर