भारतीय योगगुरूको टिभी उद्घाटन गरेर देउवा, प्रचण्ड र माधवले विदेशीको चाकरी गरे : भीम रावल – Nepal Press

भारतीय योगगुरूको टिभी उद्घाटन गरेर देउवा, प्रचण्ड र माधवले विदेशीको चाकरी गरे : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आमसञ्चारमा विदेशी लगानी निषेध हुँदाहुँदै रामदेवको टिभी च्यानल उद्घाटर गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनको उल्लंघन गरेको बताएका छन् ।

हिजो शिर्ष नेता, मन्त्री तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा प्रधानमन्त्री देउवाले उद्घाटन गरेका ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ च्यानलबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै रावलले ‘भारतीय योगगुरू’ को टिभी उद्घाटन गरेर देउवा, प्रचण्ड र माधव नेपालले विदेशीको चाकरी गरेको आरोप लगाएका छन् ।

‘यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्’, रावलले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर