ओलीतिर संकेत गर्दै प्रचण्डले भने– उनको टार्गेट माओवादी होइन, मलाई सिध्याउनेतर्फ छ – Nepal Press

ओलीतिर संकेत गर्दै प्रचण्डले भने– उनको टार्गेट माओवादी होइन, मलाई सिध्याउनेतर्फ छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशभित्रका प्रतिक्रान्तिकारी प्रतिगामी र देशबाहिरका समेत केही शक्ति आफूलाई हराउने मिसनमा रहेको बताएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल संवतका अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले जनतामा माओवादीप्रति उभार आउन थालेपछि उनीहरु आत्तिएको बताए ।

प्रचण्डले ओलीको नाम नलिइ भने– तपाईहरुले हिजो अस्तिका भाषा पनि सुन्नुभयो होला, उनको टार्गेट माओवादी होइन, प्रचण्डप्रति देखिन्छ । प्रतिक्रान्तिकारी प्रतिगामीहरु जसरी हुन्छ प्रचण्ड सिध्याउने भनेर लागेका छन् । अहिले अनौठो लाग्न सक्छ,सबै मिलेर प्रचण्डलाई हराउनेमा छन् । तर व्यक्तिगत रुपमा हारजितको मतलब छैन, लास्टसम्म लड्ने भनेर हिँडेको छु ।

पूर्वसचिव रामेश्वर खनालले माओवादी सिद्धिनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति समेत प्रचण्डले कटाक्ष गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर