माधव नेपालको राजनीतिक प्रतिवेदन: एमाले प्रमुख दुश्मन, चुनावसम्मै वाम लोकतान्त्रिक गठबन्धन (पूर्णपाठ) – Nepal Press

माधव नेपालको राजनीतिक प्रतिवेदन: एमाले प्रमुख दुश्मन, चुनावसम्मै वाम लोकतान्त्रिक गठबन्धन (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको भन्दै केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको ठम्याएको छ । केन्द्रीय कमिटीको मंगलबार शुरु भएको बैठकमा अध्यक्ष माधव नेपालले पेश गरेको १३ पेज लामो राजनीतिक प्रतिवेदनमा ओली र एमालेलाई प्रमुख दुश्मन किटान गरिएको छ ।

नेपालको राजनीतिक प्रतिवेदनमा एमालेले अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृति बोकेको दक्षिणन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच बोकेको उल्लेख छ । अर्कोतर्फ वाम लोकतान्त्रिक समिकरण (सत्ता गठबन्धन) रहेको यसले लोकतन्त्रको रक्षाका लागि सहकार्य गरेको नेपालले बताएका छन् ।

यो गठबन्धनलाई प्रतिनिधिसभाको पूर्ण कार्यकाल जोगाएर चुनावसम्म लैजानुपर्ने प्रस्ताव नेपालको छ । अध्यक्ष नेपालले एमाले एकताका लागि भएको १० बुँदे सहमतिलाई प्राविधिक भन्दै त्यसले कुनै समस्या समाधान नगर्ने बुझेरै आफूहरुले विद्रोह गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर