अल्पमतमा भए पनि समय खेर फाल्दैनौं: मुख्यमन्त्री शाक्य – Nepal Press

अल्पमतमा भए पनि समय खेर फाल्दैनौं: मुख्यमन्त्री शाक्य

चितवन । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेपनि सरकारले काम गर्न नछाड्ने बताएकी छन् । जिसस चितवनको पाँचौ जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले प्रदेश सरकार अल्पमतमा परेपनि दिनगन्ती गनेर कामै गर्न नछाड्ने बताइन् ।

‘प्रदेश सरकार अल्पमतमा छ, हामी दिनगन्ती गरेर बस्दैनौँ’, उनले भनिन्, ‘प्रत्येक दिन के गर्न सकिन्छ भनेर लागेका छौँ ।’

उनले समाजवादको लक्ष्य प्राप्त गर्नेबारे सरकार प्रतिबद्ध रहेको बताइन् । अलिकति पनि समय खेर नेफाली प्रदेशको हितमा लाग्ने दाबी गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर