सांसदहरूलाई ओलीको निर्देशन- अनुमति बिना विदेश नजानू – Nepal Press

सांसदहरूलाई ओलीको निर्देशन- अनुमति बिना विदेश नजानू

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

सोमवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन् ।

पार्टी संसदीय दलका नेता समेत रहेका ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरूले विभिन्न कार्यक्रममा जान सक्ने बताए ।

विगतमा सांसदहरूले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै त्यसो हुन नदिनका लागि पनि सांसदहरूले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा पनि सांसदहरू संलग्न रहेको उल्लेख गर्दै त्यसमा नफस्नका लागि पनि पार्टीका सांसदहरू सावधानी अपनाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले कुनै पनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जबाफदेही नहुने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर