विधेयकहरू अड्काएर कांग्रेसले अलोकतान्त्रिक चरित्र देखायो : महेश बर्तौला – Nepal Press

विधेयकहरू अड्काएर कांग्रेसले अलोकतान्त्रिक चरित्र देखायो : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदका स्थापित मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद अवरोध गरेको आरोप लगाएका छन् ।

बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदमा विधेयकहरूलाई अघि बढ्न नदिएर कांग्रेसले अलोकतान्त्रिक काम गरेको जिकिर गरे । आन्दोलनका स्वरूप फेरेर सदनलाई सहज रूपमा चल्ने वातावरण बनाउन उनको आग्रह छ ।

बर्तौलाले कांग्रेस सरकारमा हुँदा नै सहकारी प्रकरणका कुरा उठेको र त्यस बेला पनि कांग्रेसले बदनीयत राखेर अनुसन्धान नगरेको तर्क गरे । सरकारबाट हट्नेबित्तिकै प्रतिशोध साध्न कांग्रेसले सहकारी प्रकरणमा छानबिन समितिको माग राखेको भन्दै उनले यसको कुनै अर्थ नरहेको प्रष्ट्याए ।

सहकारीपीडितलाई न्याय दिनुपर्नेमा एमालेको स्पष्ट धारणा रहेको भन्दै उनले नीति नियम कानून बनाएर यसको समाधान खोज्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर