युरोपेली च्याम्पियन्स लिगको खेल आज हुँदै – Nepal Press

युरोपेली च्याम्पियन्स लिगको खेल आज हुँदै

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आजबाट क्वाटरफाइनल चरणका पहिलो लेगका खेलहरु सुरु हुँदै छन् ।

आज राती १२ः४५ बजे सुरु हुने पहिलो क्वाटरफाइनलमा साविक विजेता म्यानचेस्टर सिटीले सर्वाधिक १४ पटकको विजेता रियल म्याड्रिडविरुद्धसङ्ग खेल्नेछ । खेल रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । भने यहि समयमा इंग्लिश क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखपनि भिड्नेछन् ।

म्यानचेस्टर सिटीले अन्तिम १६ मा डेनिस टोली एफसी कोपनहेगन विरुद्ध समग्रमा ६–२ को जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको भने रियल म्याड्रिडले भने आरबी लाइपजिग हराउदै अन्तिम ८ मा स्थान बनाएको थियो ।

अर्को क्वाटरफाइनलिस्ट आर्सनलले पोर्चुगिज क्लब एफसी पोर्टो माथि टाईब्रेकरमा जित निकाल्दै क्वाटरफाइनल पुगेको थियो भने बायर्नले भने इटालियन क्लब लाजियोलाई हराउदै क्वाटरफाइनल गएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *