‘धर्मको एजेण्डा राज्यले नै बोक्यो, हिन्दू अधिराज्य मुलुकको जीडीपी, कूटनीति र पहिचानसँग जोडिएको छ’ – Nepal Press
नेपाल टक

‘धर्मको एजेण्डा राज्यले नै बोक्यो, हिन्दू अधिराज्य मुलुकको जीडीपी, कूटनीति र पहिचानसँग जोडिएको छ’

राप्रपाकी ‘ब्राण्डिङ लिडर’ खुश्बु ओली भन्छिन्- नाममात्र नयाँ राखेको रास्वपाले पुरानै दलका एजेण्डा बोकेकाले त्यता गइएन, राजपाठ त्यागिसकेका पारसलाई हेरेर राजसंस्थाको भाष्य निर्माण नगरौं

काठमाडौं । १८ वर्षअघि मिस टिन नेपालको ताज पहिरिँदा खुश्बु ओलीलाई तत्कालीन उपप्रधानमन्त्री तथा एमालेका नेता केपी शर्मा ओलीकी पारिवारिक सदस्यका रुपमा प्रचार गरियो । २ वर्षअघि उनले राप्रपा प्रवेश गर्दा पनि केपी ओलीकी नातिनीले नै एमाले छाडेर राप्रपा रोजिन् भन्ने प्रचार भयो । तर, खुश्बु भने कहिल्यै एमाले थिइनन् र उनले पहिलो पटक दलीय आबद्धता रोजेको नै राप्रपा हो ।

बुबा एमाले नेता भएका कारण आफूलाई पनि एमाले भनेर चित्रित गरिएको बताउने खुश्बु अहिले देशव्यापी रुपमा राप्रपाको ‘ब्राण्डिङ लिडर’ बनिरहेकी छन् । युवा पुस्ताको ध्यान आफूतिर तान्न सफल खुश्बु ओली सामाजिक सञ्जालमा पनि लोकप्रिय छन् ।

आजको युवा पुस्तालाई डेट एक्स्पायर मानिने राजसंस्था र हिन्दू राज्यको एजेण्डा बोकेर हिँड्दा विदेशी विश्वविद्यालयको डिग्रीकै अपमान गरे जस्तो लाग्दैन ? नेपाल प्रेसको प्रश्नलाई उनले ठाडै खारेज गर्दै लामो अन्तर्वार्ताका क्रममा धेरै विषयमा प्रस्ट पारिन् ।

प्रस्तुत छ, राप्रपा केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग उपप्रमुख खुश्बु ओलीसँग गरिएको कुराकानी नेपाल टकमाः

– तपाईंसँग मिस टिन भएका बेला टेलिभिजनमा अन्तर्वार्ता गरेको थिएँ, अहिले टिनबाट परिपक्व युवतीका रुपमा राजनीतिक अन्तर्वार्ता गर्दैछु । राजनीतिमा ब्यूटी र ब्रेनमध्ये कुन महत्वपूर्ण रहेछ ?

अब ग्ल्यामर ब्युटी भन्ने कुरा फरक हो । ब्युटी र ब्रेनमा अवश्य पनि ब्रेन नै महत्वपूर्ण हो । राजनीतिमा दुबैको मिश्रण भयो भने राम्रो । अझ बढी प्रभावकारी हुन्छ । राजनीतिमा सुन्दर विचार, आचरण हुनुपर्छ जस्तो लाग्छ मलाई ।

– दक्षिण एसियमात्र नभएर युरोप अमेरिकामा पनि ग्ल्यामर फिल्डबाट राजनीतिमा आएका उदाहरण छन् । पछिल्लो पटक भारतको चुनावमा बीजेपीले कंगना रणावतलाई अघि सारेको छ । तपाईंको प्रवेश पनि त्यस्तै उद्देश्यबाट थियो ?

भारतलगायत अन्य मुलुकमा ग्ल्यामर फिल्डका व्यक्तिको पहुँच धेरै राम्रो हुन्छ । कतिपयमा बौद्धिकता र क्षमता पनि हुन्छ । मैले पहिलेदेखि नै राजनीति नै गर्छु भनेर अठोट लिएको थिएँ । राजनीतिमा अध्ययन पनि गरें । यो देशको बेथिति रोक्न हामी जतिको युवा लाग्यो भने अहिले देशप्रतिको अविश्वास घटाउन र चिर्नसक्छ भन्ने मलाई लाग्यो । नेपालमा पनि केही गर्न सकिन्छ भनेर म राजनीतिमा आवद्ध भएकी हुँ । यस हिसाबले मेरो फिल्ड ग्ल्यामरको नभएर राजनीतिकै लागि थियो ।

– तर, राप्रपा चाहिँ किन रोज्नुभयो ? पुरातनपन्थी दलको साटो तपाईं जस्ता युवालाई अरु अप्सन पनि थिए नि ?

पुरानो पार्टी हो हामी पनि । पुराना दललाई हेर्दा कांग्रेस २५ वर्ष सत्तामा रह्यो । एमाले पनि त्यति नै होला । माओवादी पनि त्यही लाइनमा छ । राप्रपामा केही कमी कमजोरी भए हिजोको दिनमा । अहिले राप्रपा सुधार भएर आइरहेको छ । अरु दलमा २५-३० वर्षदेखि एउटै अध्यक्ष हुनुहुन्छ । अहिले राप्रपा फरक कोर्षमा देख्छु । नेतृत्व निरन्तर परिवर्तन भएको छ । यसको भिजन र एजेण्डा पनि प्रस्ट छ । त्यसैले मैले राप्रपा रोजें ।

– बाहिर अध्ययन गर्न गएको व्यक्ति राजनीति गर्न नै आउनुभएको हो ?

म नेपालमै काम गर्छु भनेर आएको हो । द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरेको छु । नेपाललाई कर्मभूमि बनाउँछु भनेर नेपाल फर्किएको हो ।

– सोसल मिडियामा तपाईंले राप्रपा रोजेपछि ट्रोल पनि भएको थियो, खुश्बु ओलीले बा (केपी ओली) लाई छाडेर लुंगा (राजेन्द्र लिङदेन)लाई रोजिन् । बा छाडेर लुंगा रोज्नुभएको हो ?

त्यो धेरै कुरा भन्नुभन्दा पनि मैले एमालेको दर्शन, विचारलाई कहिल्यै अंगालेको छैन । म एमालेमा कहिल्यैं संगठित भइनँ । मेरो पहिलो पार्टी नै राप्रपा हो । म सर्वहारा कम्युनिष्टबाट देश बन्दैन भन्नेमा पहिले पनि स्पष्ट र अहिले पनि स्पष्ट छु । म एकदमै प्रस्ट विचार लिएर यस पार्टीमा आवद्ध भएको हो । मेरो जीवनको भोगाइसँग राप्रपाको विचार मिल्छ ।

मैले एमालेको दर्शन, विचारलाई कहिल्यै अंगालेको छैन । म एमालेमा कहिल्यैं संगठित भइनँ । मेरो पहिलो पार्टी नै राप्रपा हो । म सर्वहारा कम्युनिष्टबाट देश बन्दैन भन्नेमा पहिले पनि स्पष्ट र अहिले पनि स्पष्ट छु ।

– बालाई छोडेको होइन । तर, लुंगालाई रोजेको हो ?

ओली त देशभर पारिवारिक सम्बन्ध हो । केपी बासँग सहकार्य गरौला भनेर परिकल्पना पनि थिएन । उहाँ मेरो पारिवारिक नाताको हजुरबुबा हो । तर, म एमाले भइनँ । कम्युनिष्टको सिद्धान्त उहाँले पनि अंगालेको देखिँदैन । हालको एमालेले झापामा तीन जनाको हत्या गरेको थियो । धेरै पैसा कमायो भनेर मारिएको हो । अहिले सबैभन्दा धनी को छन् भन्दा कम्युनिष्ट नेता नै छन् नि ! हिजो धनी भनेर मान्छे मार्ने तर, आफैं धनी हुने कसरी कम्युनिष्ट हुन्छ ?

– तपाईंको बुवालाई एमालेले मेयरको टिकट नदिएपछि परिवारले विद्रोह गरेको भन्ने छ नि ?

मेरो बुवालाई टिकट नदिएको सही हो । मैले एमालेमा आउँछु भनेर भनेको थिएन । तर, म एजेण्डाकै हिसाबले राप्रपामा गएकी हुँ । तीन वटा एजेण्डा सुशासन, राजसंस्था र हिन्दू धर्मको पक्षधरमा म राप्रपामा लागेकी हुँ ।

– धर्म पनि कहीँ राजनीतिक मुद्दा हुन्छ र ? त्यसमा पनि तपाईंहरु जस्ता पढेलेखेका युवाले धर्मलाई राजनीतिको एजेण्डा बनाउन ठीक होला र ?

धर्म देशको पहिचानसँग जोडिएको छ । मेरो भोगाइमा म गाउँमा बसेर काम गरेको मान्छे हो । अहिले जताततै धर्मान्तरण भइरहेको छ । स्वेच्छाले गर्नु त ठीकै हो । तर, कसैको गरिबी, कसैको समस्यालाई आर्थिक प्रलोभन देखाएर ईसाईकरण भइरहेको छ । पश्चिमाले हिन्दूत्वको कुरा गर्दा हामीलाई अतिवादी भन्छन् । तर, उनीहरुले विश्वभरि र विशेषगरी भारत र नेपालमा ईसाईकरण गर्नुलाई अतिवाद मान्दैनन् ।

कसैले आफ्नै इच्छाले गर्नु त स्वाभाविक हो । तर, जबरजस्ती धर्मान्तरण गर्नु राम्रो होइन । यो त एक किसिमको हमला नै हो । यो राजनीतिकभन्दा पनि देशकै मुद्दा हो । यसलाई राजनीतिक मुद्दामात्रै बनाइनु हुँदैन । त्यसैले यसलाई राजनीतिक मुद्दा बनाउनु अस्वाभाविक होइन ।

स्वेच्छाले गर्नु त ठीकै हो । तर, कसैको गरिबी, कसैको समस्यालाई आर्थिक प्रलोभन देखाएर ईसाईकरण भइरहेको छ । पश्चिमाले हिन्दूत्वको कुरा गर्दा हामीलाई अतिवादी भन्छन् । तर, उनीहरुले विश्वभरि र विशेषगरी भारत र नेपालमा ईसाईकरण गर्नुलाई अतिवाद मान्दैनन् ।

– टुंगोमा लागिसकेको धार्मिक विषय राप्रपाले बोक्दा समाजमा द्वन्द्व सृजना गर्ने काम भएन ?

धर्मलाई मुख्य मुद्दा हामीले होइन, अन्य दलले बनाइरहनुभएको छ । धर्मको टुंगो लगाउने भनेको जनताले हो नि ! जनमत संग्रहबाट ल्याएर जसले चाहिँदैन भन्यो भने हामी स्वीकार गर्छौं । हाम्रो पार्टी त्यस्तो होइन । यो मेरो देशको स्वाभीमानसँगको विषय हो ।

– आजको युवा पुस्ता के धर्मको राजनीतिमा लतारिएला ?

अधिकांश नाागरिक हिन्दूको पक्षमा छन् । अहिले पनि जनमतसंग्रह गर्ने हो भने ९० प्रतिशत जनता हिन्दूको पक्षमा छन् । अहिलेको अवस्था हेर्दा हिजो शून्य प्रतिशत धर्म रहेको पनि ५ प्रतिशतमा आइसक्यो ।

– हिन्दू राज्य हुँदा पनि त नेपालमा धर्मान्तरण भइरहेको थियो नि ?

स्वेच्छाले त रोक्न पाइँदैन । धर्मनिरपेक्षता लागू भइसकेपछि कुनै धर्मलाई नदबाएको भए यो मुद्दा उठ्ने थिएन । यो मुद्दा राज्यले नै बोकेका कारण हामीले उठाउनु परेको हो ।

यो हाम्रो अस्तिव र पहिचानको लडाइँ हो ।

– चुनाव लड्ने र जित्ने एउटा एजेण्डा चाहिने भएकाले राप्रपाले यसलाई बोकेको भन्न त सकिन्छ नि ?

निर्वाचन जित्नमात्र हाम्रो यो मुद्दा होइन । हाम्रो गौरव र गरिमासँग धर्म-संस्कृतिसँग जोडिएको हो । तर, मुलुकको जीडीपीमा समेत मुख्य भूमिका धर्मले निर्वाह गर्नसक्छ । कूटनीतिका लागि पनि धर्म जरुरी हो । चीन, भारतसँगको सम्बन्ध, अर्थतन्त्रलगायतमा धर्मको महत्वपूर्ण भूमिका छ र हुन्छ ।

निर्वाचन जित्नमात्र हाम्रो यो मुद्दा होइन । हाम्रो गौरव र गरिमासँग धर्म–संस्कृतिसँग जोडिएको हो । तर, मुलुकको जीडीपीमा समेत मुख्य भूमिका धर्मले निर्वाह गर्नसक्छ । कूटनीतिका लागि पनि धर्म जरुरी हो । चीन, भारतसँगको सम्बन्ध, अर्थतन्त्रलगायतमा धर्मको महत्वपूर्ण भूमिका छ र हुन्छ ।

८३ देखि ८४ प्रतिशत नागरिकको भावनाको पनि त सम्मान हुने कुरा हो ! निर्वाचनको हारजीत त समयको खेल हो । निर्वाचन जितेर भएको पनि के छ र ? प्रतिनिधिसभाले १४ महिनामा दुई वटा विधेयक पारित गर्दैन । मन्त्री एक महिना टिक्न सक्दैन । मन्त्रीलाई जनताले छिःछिः दुर दुर गरेर थुकिरहेको छ ।

– अघि तपाईंले राजसंस्थासँग आफ्नो व्यक्तिगत घटना पनि जोडिएको छ भन्नुभयो । तपाईंलाई राजसंस्था किन चाहियो ?

राजसंस्थाको मैले अनुभूति नै गर्न पाइनँ । म सानै थिएँ त्यसबेला । गणतन्त्र आयो, धेरै परिवर्तन भयो । यो देशको मूलभूत समस्या भनेको बाहिरको हस्तक्षेप हो । कतिपय महसुस गरिरहेको र कति चाहिँ भित्री रुपमा असर परिरहेको छ ।

म राप्रपाको प्रशिक्षण विभागमा भएकाले सात वटै प्रदेशमा पुगेको छु । हेर्दाखेरि सबैजसो ठाउँमा पुग्दा राजाकै पालामा अस्पताल, विद्यालय, सडक र उद्योग बनेका छन् । कुनै समय राजाका पालामा ४५ प्रतिशत उद्योगबाट जीडीपीमा योगदान भइरहेको थियो । विभिन्न मुलुकको क्रान्तिमा भन्दा बढी क्रान्ति राजा महेन्द्रले विकासमा गर्नुभएको थियो । तर, उहाँले १० वर्षमात्रै विकासमा काम गर्न पाउनुभयो । आज हाम्रो देश राजसंस्था नभएका कारण सबैको हस्तक्षेपमा परेर पछि परेको मेरो बुझाइसँग जनताको पनि बुझाइ मिलेको मैले पाएँ ।

– राजा हुँदा पनि त विदेशी हस्तक्षेप थियो नि ?

केही हदसम्म त भयो होला ! त्यतिबेला भएको होला । अहिलेको अवस्था हेर्दा हामीप्रति जुन व्यवहार भइरहेको छ, त्यो गम्भीर छ । बाह्य हस्तक्षेप स्वीकार नगरेकै कारण नेपालबाट राजतन्त्र अन्त्य भएको पनि त हो ! त्यसैले हामीले सक्रिय भूमिकाको राजा खोजेको होइन । संवैधानिक राजतन्त्रमात्रै खोजेको हो ।

– तपाईंले खोजेको राजा ज्ञानेन्द्र, पारस, हृदयेन्द्र वा अरु कोही ?

हामीले राजा ज्ञानेन्द्र नै खोजेको हो । पारसको हकमा कुरा गर्दा सबैको परिवारमा पर्नसक्ने समस्यामा उहाँ पनि पर्नुभएको हो । उहाँले राजसंस्थाबाट आफूलाई अलग्याइसक्नु भएको छ, त्यतिबेलै । जसरी नेपाली राजनीतिमा सक्रिय रहेका दलका छोराछोरीले विध्वंस मच्चाइरहेका छन्, कोही कसैले नदेखेको हो र ? तर, पारसले त कुनै विध्वंस मच्चाउनुभएको छ ? त्यसैले पारस शाहलाई मात्रै हेरेर राजसंस्थाबारे भाष्य निर्माण गर्नुहुँदैन ।

सबैजसो ठाउँमा पुग्दा राजाकै पालामा अस्पताल, विद्यालय, सडक र उद्योग बनेका छन् । कुनै समय राजाका पालामा ४५ प्रतिशत उद्योगबाट जीडीपीमा योगदान भइरहेको थियो । विभिन्न मुलुकको क्रान्तिमा भन्दा बढी क्रान्ति राजा महेन्द्रले विकासमा गर्नुभएको थियो ।

– राजसंस्था पुनःस्थापना दलको ताकतले होला त, आँट छ कि मुद्दामात्रै बनाएको हो ?

बाहिरी मुलुकको हस्तक्षेपविना नै राजसंस्था स्थापना गर्छौं भन्नेमा हामी स्पष्ट छौं । बेलायतमा ११ वर्षपछि राजसंस्था फर्किएकै हो । दल र नेता आफैं जिम्मेवार हुनुहुन्छ । दुबै तन्त्रमा नेता त उनै हुन्, नेतृत्व गर्ने व्यक्ति नै बिग्रेर हो नि !

– राजतन्त्र र हिन्दूत्वको यतिको स्टार प्रचारकको ‘राजा’सँग प्रत्यक्ष सम्बन्ध कस्तो छ ?

मेरो एक पटक पनि भेटघाट भएको छैन । झापामा सामूहिक रुपमा अभिनन्दन कार्यक्रम भएपछि एक मिनेट बोल्न पाएको छु । उहाँसँग प्रत्यक्ष भेटघाट छैन । मेरो लागि राजसंस्था प्रमुख हो । राजासँग सम्बन्ध छ कि छैन भन्ने प्रमुख विषय होइन ।

– तपाईंहरुले यो मुद्दा उठाइरहँदा राप्रपा कुन युगमा छ भन्ने प्रश्न पनि उठेका छन् नि ?

राजतन्त्रलाई पुराना पार्टीका नाइके नेताहरुले वंशवाद भन्नुहुन्छ । अहिले परिवारवादभन्दा कोही दल र नेता बाहिर छन् र ? एमालेले इलाममा उम्मेदवार बनाएको हेरौं न, परिवारवाद छैन र ? प्रचण्डको परिवारको सदस्य को बाँकी छ र ?

इलाममा एउटा युवालाई मौका दिनुभएको त छ । तर, त्यो वंशवाद होइन र ? एमालेमा अरु कोही नेता थिएनन् र ? बुढा नेताभन्दा उहाँ सुहाङ युवा भएकाले मेरो व्यक्तिगत रुपमा समर्थन छ । त्यस्तै प्रचण्डको परिवारवादले राजतन्त्रको वंशवाद मेटाइदिन्छ ।

जसरी नेपाली राजनीतिमा सक्रिय रहेका दलका छोराछोरीले विध्वंस मच्चाइरहेका छन्, कोही कसैले नदेखेको हो र ? तर, पारसले त कुनै विध्वंस मच्चाउनुभएको छ ? त्यसैले पारस शाहलाई मात्रै हेरेर राजसंस्थाबारे भाष्य निर्माण गर्नुहुँदैन ।

– कांग्रेससँग राप्रपा मिलेर यो व्यवस्था उल्टाउन सक्यो भने फरक कुरा हो । नत्र त कसरी सम्भव होला र ?

कांग्रेसमात्रै होइन, माओवादी नेता पम्फा भुसाल भारत पुगेर फर्केपछि त्यो कुरा उठेको थियो । आममान्छेमा यो विषयका लागि उर्बर समय हो । यो मुद्दामा जोडिएर दल जाने हो भने हामी तयार छौं ।

– अहिले राप्रपासँग कुन पार्टी नजिक हो ?

एजेण्डाको हिसाबले हामी कुनै पनि दलसँग नजिक छैनौं ।

– राजनीतिमा योगदानविना एकै पटक मान्छेहरु नयाँ दलबाट सांसद र मन्त्री बनिरहेका छन्, तपाईंका लागि त्यो अवसर आएन ?

मेरा लागि अवसर पनि आएको हो । के पुराना के नयाँ सबै दलबाट अफर आएको थियो । तर, म एकदमै स्पष्ट छु । मेरो लागि स्वाभीमान सबैभन्दा धेरै महत्वपूर्ण । म जित्दै गर्दा देश कुनै पनि हालतमा हार्नुहुँदैन ।

एउटा खुला कार्यक्रममा एक जना भारतीयले सार्वजनिक रुपमा राप्रपालाई तपाईंहरुको अरु सबै ठीक छ । तर, राजतन्त्रको मुद्दा हटाउनुस्, हामी समर्थन गर्छौं भनेर भन्नुभयो । मैले सारै अपमान महसुस गरें । कुनै देशको राजनीतिक हैसियत नभएको दूतले खुला रुपमा त्यस्तो भन्न मिल्छ ?

एउटा खुला कार्यक्रममा एक जना भारतीयले सार्वजनिक रुपमा राप्रपालाई तपाईंहरुको अरु सबै ठीक छ । तर, राजतन्त्रको मुद्दा हटाउनुस्, हामी समर्थन गर्छौं भनेर भन्नुभयो । मैले सारै अपमान महसुस गरें । कुनै देशको राजनीतिक हैसियत नभएको दूतले खुला रुपमा त्यस्तो भन्न मिल्छ ?

त्यतिबेला अममानित भएको महसुस गरे पनि एकदमै खुसी पनि भएँ । राजाले विदेशीको हस्तक्षेप नमानेर नै यो व्यवस्था उहाँहरुले नचाहेको । मैले त्यसपछि भने- तपाईंले के आधारमा निर्देशन दिनुभएको हो ? यो निर्णय गर्ने अधिकार तपाईंलाई कसले दियो ?

– राप्रपाले राजसंस्थाको मुद्दा छाडेर हिन्दू राज्यमात्रै बोकेर हिँड्दैन भन्ने हो ?

हामी हिन्दू अधिराज्यमा स्पष्ट छौं । राजसंस्थामा धर्म संस्कृति जोडिएको छ । राजा मियोको रुपमा हुनुपर्छ । दलीयकरण यो देशको सबैभन्दा ठूलो रोग हो । अहिले देशका प्रमुख संवैधानिक पदमा दलका नै छन्, देश र जनताको कोही पनि छैन नि ! त्यो ठाउँमा संवैधानिक राजसंस्थालाई राख्दा यो देश सशक्त हुन्छ र देश धेरै माथि जान्छ भन्ने नै हो ।

– रास्वपालगायत नयाँ दलसँग चाहिँ सहकार्य हुन सक्दैन ?

उहाँहरु सँगै जान खोज्नुभएको छ भने त तयार छौं । तर, उहाँहरु त नाममात्रै नयाँ हो । उहाँहरुको सबै मुद्दा पुरानै हो । यो व्यवस्थामा के उहाँहरुले भने जस्तै पात्रमात्रै फेरेर हुन्छ त ? जहाँ दलीयकरण हाबी छ । कर्मचारीतन्त्र दलीयकरण छ ।

देशको अवस्थाबारे जानकारी गराउने सञ्चारकर्मीको भूमिका हो । सञ्चार क्षेत्र नै दलीयकरणमा छ । यो व्यवस्था ठीक हो र बेठिक हो भन्न मिल्छ सञ्चार क्षेत्रले ? यहाँको बौद्धिक व्यक्तित्वले पनि दलीय दर्शन दिइरहनु भएको छ ।

निर्वाचनमा हामी पनि गएको हो नि ! कृष्ण सिटौलालाई हामीले पराजित गरेकै हो नि ! राष्ट्रिय दल नभएको माधव नेपाल प्रधानमन्त्री हुन र्‍याल काढेर बसिरहनु भएको छ । ३२ सीटले सबै दललाई घुमाइरहेको छ । रास्वपासँग व्यक्तिगत र पार्टीगत हिसाबले नमिल्नुको कारण यही व्यवस्था ठीक छ भनेका कारण हो ।

कृष्ण सिटौलालाई हामीले पराजित गरेकै हो नि ! राष्ट्रिय दल नभएको माधव नेपाल प्रधानमन्त्री हुन र्‍याल काढेर बसिरहनु भएको छ । ३२ सीटले सबै दललाई घुमाइरहेको छ । रास्वपासँग व्यक्तिगत र पार्टीगत हिसाबले नमिल्नुको कारण यही व्यवस्था ठीक छ भनेका कारण हो ।

– अहिले राप्रपा कांग्रेससँग अलि अलि मुद्दा मिले जस्तो पनि देखिएको छ । सँगै जाने सम्भावना हो ?

उहाँहरुले सहकार्य गरौं भनिरहनु भएको छ । हाम्रो मुद्दामा आउनुभयो भने मुलुकको हितमा समीकरण हुन्छ नै । सत्ता समीकरणका लागि मात्रै राप्रपाले कसैसँग समीकरण गर्दैन । उहाँहरुलाई चाहिँदा देशप्रेमी र नचाहिँदा प्रतिगामी देख्नुहुन्छ, कसरी सम्भव हुन्छ ? आफू सत्तामा जान आवश्यक परेको बेला राप्रपा जरुरी हुन्छ । अब हामी पार्टीका स्वार्थमा समीकरण गर्दैनौं । प्रदेशमा आवश्यक भए पनि पार्टीले स्पष्ट रुपमा भनिसकेको छ । सत्ताकै लागि भनेर कुनै पनि समीकरण हुँदैन ।

– राप्रपाले २७ गतेको निकै प्रचार गरिरहेको छ । तपाईंहरुको यो शक्ति प्रदर्शनमात्र हो कि आन्दोलनको सुरुवात ?

२७ गते सुरुवात हो । यो व्यवस्था ठीक छैन भनेर जुन अडान राप्रपाले लिएको छ, त्यसका बारेमा वडा वडासम्म पुगेका छौं । देशभर जनजागरणसभा गरेका छौं । यो व्यवस्थालाई नढालेर यो देश अगाडि बढ्न सक्दैन । यो देश दुर्घटनाबाट बचाउन राप्रपाले एउटा आन्दोलन सुरु गरेको हो । यसलाई बाहिर निकाल्न गर्न खोजेको हो । २७ गते नै परिवर्तन गर्छौं भन्ने होइन, जुन दिन शक्ति र क्षमता पुग्छ, त्यो दिन सत्ता उल्ट्याउनेमा हामी स्पष्ट छौं । यति स्पष्ट हो कि राप्रपालाई जनताको साथ चाहिन्छ । आमसभामा जति मान्छे देखेका छौं नि, एकदमै ऊर्जा देखेका छौं ।

– राजालाई नारायणहिटीमा ल्याउने र राजतन्त्र व्युँताउने सदनबाट कि सडकबाट ?

सडक र सदनबाट प्रयासरत छौं । अहिले १४ जनाले हुन नसक्ला । २०८४ को निर्वाचनमा पुग्नुपर्ने पनि होला । त्योभन्दा अगाडि सडकबाट पनि हुनसक्छ । माओवादीले १० वर्षे जनयुद्ध गरेर आफू अनुकूलको व्यवस्था त ल्याए । तर, आकाश पाताल परिवर्तन त ल्याउन सक्नुभएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर